धितोपत्र बोर्डको अध्यक्ष छनौट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो
काठमाडौं / नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेका तीनजनालाई अन्तर्वार्तामा बोलाइएको छ।
अर्थ मन्त्रालयले छनोट सूचीमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा.नवराज अधिकारीलाई मङ्सिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाएको हो।
यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो।
प्रतिक्रिया