पूर्वउपराष्ट्रपति पासाङ माओवादीको सक्रिय राजनीतिमा फर्किँदै

काठमाडौँ  / पूर्वउपराष्ट्रपति एवं पूर्व जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन 'पासाङ' माओवादी केन्द्रमा फर्किन लागेका छन् । पासाङलाई पार्टीको पदाधिकारीमा महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति भएको स्रोतले बताएको छ । 

उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उनी निष्क्रिय रहँदै आएका थिए । 

यहीबिचमा माओवादीमा फर्किने विषयमा प्रचण्ड र पासाङबिच पटक पटक छलफल भएको र अहिले आएर समझदारी भएको माओवादी स्रोतका भनाइ छ । ‘उहाँ अब छिट्टै पार्टीको सक्रिय राजनीतिमा फर्किनुहुन्छ’, स्रोतले भन्यो ।

दुई कार्यालय राष्ट्रपति भएकी विद्यादेवी भण्डारीसमेत एमालेको राजनीतिमा फर्किन लागेको चर्चा हुँदै आएको बेला पासाङ पनि पार्टी राजनीतिमा सक्रिय हुन लागेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित