ट्रम्प सरकारमा मस्क र रामास्वामीले 'सरकारी दक्षता विभाग' को नेतृत्व गर्ने
काठमाडौँ । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क र विवेक रामास्वामीलाई 'सरकारी दक्षता विभाग' को प्रमुख हुने घोषणा गरेका छन् ।
टेस्लाका प्रमुख मस्कले चुनावमा ट्रम्पलाई जिताउन ठुलो रकम खर्च गरेका थिए । उनी चुनावमा ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका सबैभन्दा हाइप्रोफाइल व्यवसायी हुन् ।
त्यस्तै विवेक रामाश्वामी राष्ट्रपति निर्वाचनमा ट्रम्पसँगै उम्मेदवार रहेका थिए । पछि उम्मेदवारी फिर्ता लिदै ट्रम्पलाई समर्थन गरेका थिए ।
अब मस्क र रामाश्वामीले अमेरिकी सरकारको नयाँ मन्त्रालय 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी' को नेतृत्व गर्ने भएका छन् । यस बिभागले अमेरिकी कर्मचारीतन्त्रको पुनर्संरचना, अनावश्यक खर्च भएका क्षेत्रको पहिचान गर्ने र त्यसलाई घटाउने, संघीय एजेन्सीहरुको पुनर्संरचना गर्ने लगायतका काम गर्ने ट्रम्पले जानकारी दिएका छन् ।
प्रतिक्रिया