अनुहारमा गोलभेँडा लगाउँदा के हुन्छ ?

काठमाडौं । गोलभेँडा हरेक नेपालीको भान्सामा पाइन्छ । यसको प्रयोगले तरकारीको स्वाद त बढ्छ नै । 

यसलाई अनुहार चम्किलो बनाउन पनि प्रयोग गर्न सकिन्छ । इन्ट्यान्ट ग्लोका लागि अनुहारमा गोलभेँडाको प्रयोग गर्न कतै कसैले तपाईलाई सुझाव पनि दिएको हुनु पर्छ । गोलभेँडामा यस्ता कयौं तत्व पाइन्छ, जसको प्रयोगले अनुहार चम्किलो हुन्छ ।
 
गोलभेँडामा पाइने भिटामिन–ए, भिटामिन–सी, पोटाशियम र एन्टी अक्सिडेन्टले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ । तर कतिपयलाई यसको प्रयोगबाट हुने फाइदाबारे थाहा छैन । आजको यस लेखमा हामीहरू अनुहारमा गोलभेँडा लगाउँदा के हुन्छ भन्नेबारे कुराकानी गर्नेछौं । लेखमा हामी यसको फाइदा र नोक्सान दुबैबारे कुराकानी गर्नेछौं ।
 
फाइदाः
 
छालाको चमक बढाउँछ
 
गोलभेँडाको रसले छालालाई नरम र चम्किलो बनाउन सक्छ । यसले छालाबाट मृत कोशिकाहरूलाई हटाएर अनुहारमा निखार ल्याउँछ । तपाईले हप्तामा दुई पटक अनुहारमा गोलभँेडाको रस  लगाउन सक्नु हुन्छ ।
 
धब्बा र डन्डीफोरको उपचार
 
गोलभेँडामा एन्टी–ब्याक्टेरियल र एन्टी
इन्फ्लेमेटरी गुण पाइन्छ । जसले डनडीफोर अनि दाग–धब्बालाई कम  गर्न मद्दत गर्न सक्छ । यस्तोमा तपाईले पनि स्क्रब र फेस मास्कको रुपमा यसको प्रयोग गर्न सक्नु हुन्छ ।
 
चिल्लो छालाका लागि फाइदाजनक
 
गोलभेँडाले छालाबाट अतिरिक्त तेललाई सोस्छ । तपाईलाई बाहिर कतै जानु छ भने मेकअप गर्नु अघि अनुहारमा गोलभेँडाको फेस प्याक लगाउनुहोस् । यसले अनुहारबाट अतिरिक्त चिल्लो सोसेर लिनेछ ।
  
 नोक्सानः
 
छाला पोल्ने र चिलाउने समस्यामा
 
गोलभेँडामा एसिडिक तत्व हुन्छ । संवेदनशील छालामा यसलाई लगाउँदा पोल्ने र चिलाउने समस्या देखिन सक्छ । तपाईको छाला पनि संवेदनशील छ भने गोलभेँडा लगाउनु अघि प्याच टेष्ट गर्नु होला ।
 
एलर्जीको डर
 
केही मान्छेलाई गोलभेँडासँग एलर्जी हुन सक्छ । यसलाई खाँदा मात्रै होइन छालामा लगाउँदा पनि छालामा डाबर वा फोका उठ्ने, चिलाउने वा सुन्निे हुन सक्छ । तपाईलाई पनि गोलभेँडासँग एलर्जी छ भने यसको प्रयोग गर्नबाट बच्नुहोस् ।
 
छालाकोे सुख्खापन बढाउन सक्छ  
 
गोलभेँडाको लगातार प्रयोगले छालालाई सुख्खा बनाउन सक्छ । गोलभेँडामा रहेको एसिड र एन्टी–अक्सिडेन्टले छालामा रहेको प्राकृतिक तेल सोसेर छालालाई सुख्खा बनाउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित