इटहरीस्थित बेदान्त हस्पिटलमा बरिष्ठ मुटु तथा प्रेसर रोग विशेषज्ञ डा. सहदेब प्रसाद ढुंगानाको सेवा शुरु, मुटु परीक्षणमा २५% छुट
इटहरी / इटहरीस्थित बेदान्त हस्पिटलमा आगामी यही कार्तिक २४ गते शनिबारदेखि बरिष्ठ मुटु तथा प्रेसर रोग विशेषज्ञ डा. सहदेब प्रसाद ढुंगानाको सेवा शुरु हुने भएको छ। लामो समयदेखि विभिन्न अस्पतालमा मुटु तथा प्रेसर रोगको उपचार गर्दै आएका डा. ढुंगानाले अबदेखि प्रत्येक शनिबार बेदान्त हस्पिटलमा सेवा उपलब्ध गराउनेछन्। यस अवसरमा मुटु सम्बन्धि परीक्षणमा २५% छुटको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
ढुंगाना नोबेल मेडिकल कलेजका कार्डियोलोजी प्राध्यापकसमेत रहेका उनी भारतको बनारस हिन्दू विश्वविद्यालयबाट MBBS, चण्डीगढस्थित PGIMER बाट MD, र धरानको BPKIHS बाट DM Cardiology हासिल गरेका दक्ष चिकित्सक हुन्।
यदि तपाईंहरूलाई छाति दुख्ने, भारीपन महसुस हुने, सास फेर्न कठिनाइ हुने, सामान्य अवस्थामा धेरै पसिना आउने, वाकवाक लागिरहने, हात झमझमाउने र चेतना गुम्ने अवस्था, शरीरको कुनै भागले काम नगर्ने, बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने लक्षणहरू देखिएको छ भने, मुटुको समस्या भए बेदान्त हस्पिटलमा सम्पर्क गरी विशेषज्ञसँग परामर्श लिन सकिने अस्पतालका प्रबन्ध निर्देशक श्रेष्ठले अनुरोध गरेका छन्।
अस्पतालमा उपलब्ध थप सेवा: बेदन्त हस्पिटलमा दैनिक रूपमा C-arm प्रबिधीमार्फत हाडजोर्नी तथा अन्य शल्यक्रिया, हात वा खुट्टाको समस्याहरूको उपचार, हड्डी भाँचिएपछि स्टिल राख्ने प्रक्रिया, र २४ सै घण्टा आपतकालीन सेवा उपलब्ध रहेकाे छ।
प्रतिक्रिया