दमकमा पटका पड्काउँदा बालक घाइते
दमक । झापाकाे दमकमा पटका पड्काउने क्रममा एकजना बालक घाइते भएका छन् । दमक-६ का बालक बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन् । हिजाे साँझ अन्दाजी छ बजे पटका पड्काउँदा घाइते भएका ६ बर्षका अग्रवालकाे अनुहारमा पटकाकाे छर्रा लागेर घाइते भएका थिए । उनलाई स्थानीय लाइफ लाइन अस्पतालमा प्राथमिक उपचार गरिएकाे थियाे ।
उनलाई थप उपचारका लागि भारतकाे सिलिगुडी लगिएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिएका छन् । घटनाकाे बारेमा थप अनुसंधान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया