एनपीएलमा इङल्याण्डका लुक बेनकेनस्टिन चितवनबाट खेल्ने

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले इङल्याण्डको यु-१९ टिमका लुक बेनकेनस्टिनलाई भित्र्याएको छ । १९ बर्षिय अलराउन्डर लुकलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको हो ।

लुक चितवनले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि चितवन राइनोजले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्जलाई अनुबन्ध गरेको थियो ।चितवनको मार्की खेलाडीमा कुशल मल्ल रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । 

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौँ गुर्खाज

- नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
 
लुम्बिनी लाइन्स

- इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

जनकपुर बोल्ट्स

- न्यूजील्याण्डका जिम्मी निशाम
- अमेरिकाका जोसुआ ट्रोम्प

पोखरा एभेन्जर्स 

- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
- नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
- अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
- पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

- ओमानका कप्तान आकिब इलियास

कर्णाली याक्स

- पाकिस्तानका अल राउण्डर हुसैन टलात

चितवन राइनोज
- दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
-इङल्याण्डका लुक बेनकेनस्टिन

प्रतिक्रिया

सम्बन्धित