पहिलो हाफमा भुटानविरुद्ध बंगलादेशको ५-१ गोलको अग्रता

काठमाडौँ / साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल खेल दशरथ रंगशालामा जारी रहेको छ ।

खेलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५-१ गोलको अग्रता लिएको छ ।

बंगलादेशका लागि सबिना खातुन र तोहुरा खातुनले २-२ गोल गरेका थिए भने ऋतु पुर्ण चक्माले एक गोल गरेकी थिइन् ।

त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन् ।
 

प्रतिक्रिया

सम्बन्धित