सई र असईसहित १२ प्रहरी बिना जानकारी सम्पर्कविहीन

एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी

इटहरी । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका १२ जना प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिएको छ।

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले आज सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो। 

प्रहरी नायव निरीक्षक (सई)देखि प्रहरी कार्यालय सहयोगीसम्म १२ जना प्रहरी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ। 

गैर हाजिर हुनेमा एकजना सई, एक जना असई, दुईजना सहायक हबल्दारसहित प्रहरी जवान र कार्यालय सहयोगी छन्। समयमै हाजीर भए सफाइको मौका दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित