धनकुटाको कोलबोटेमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी–६ कोलबोटेमा शनिवार यात्रुवाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जाँदै गरेको को। १ ख। २७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सडकबाट ५० मिटर तल खस्ने क्रममा रुखमा अड्किएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए । घाइते २६ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित