झापा ११ लाई बेलबारी गोल्डकपको उपाधि

बेलबारी / बेलबारीमा भएको ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको च्याम्पियन झापा ११ फुटबल क्लब भएको छ । एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनल खेलमा झापले पाहुना टोली सिराहाको सलहेस फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा झापाले सिराहालाई ५–३ गोल अन्तर हराउँदै उपाधि जित्यो । जितसँगै झापाले ८ लाख रुपैयाँ, उपविजेता सिराहाले ४ लाख रुपैयाँका साथ ट्रफी प्राप्त गर्यो ।

झापाका दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे भने सिराहाका राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए । समिर तामाङको प्रहारलाई झापाका गोलरक्षक सन्दीप लिम्बूले बचाए ।

खेल मध्यान्तरअघि दुवै टोली गोलरहित बराबरीमा खेलका थिए । ५० औं मिनेटमा सिराहाका अजयी मार्टिनले हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । ७१ औं मिनेटमा झापाका प्रदीप बुढाथोकी गोल गर्दै खेललाई बराबरीमा ल्याए ।खेलको प्लेयर अफ द म्याच झापाका अभिषेक गुरुङले ५ हजार र ट्रफी प्राप्त गरे ।

त्यस्तै, झापाका सन्दीप लिम्बू उत्कृष्ठ गोलरक्षक, उत्सव राई उत्कृष्ठ मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ठ कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे ।उपाधि सिराहाका अजयी मार्टिनले सर्वाधिक गोलकर्ता, समिर तामाङले उत्कृष्ठ फरर्वाड हुँदै जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे ।
खेलाडीहरुलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, लगायतले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया

सम्बन्धित