रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपराहन्न १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक गतिविधि र आगामी कार्यदिशाका बारेमा छलफल हुने छ ।

सभापति रवि लामिछाने सहकारी ठगि प्रकरणमा पक्राउ परेपछि बस्न लागेको बैठकले आगामी आन्दोलनका कार्यक्रम बारे निर्णय लिने बुझिएको छ ।

यस अघि पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले लामिछानेलाई थप ७ दिनको म्याद थप भएसँगै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताएको थियो । तर शुक्रबारको प्रदर्शनमा तुलानात्मक रुपमा कम संख्यामा उपस्थिति भएपछि नयाँ रणनीति बनाउने बुझिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित