आजको मौसम: चक्रवात 'दाना' को आंशिक प्रभाव

काठमाडौँ । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात 'दाना' को आंशिक प्रभाव समेत रहेको छ ।

हाल कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बांकी प्रदेशमा  आंशिक  बदली रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भईहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रबांकी भू-भागमा आंशिक बदली देखी देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टा कोशी प्रदेश लगायत  देशको पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित