बक्यौताको पहिलो किस्ता तिरेपछि प्राधिकरणले जोड्यो दुई उद्योगको बिजुली

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार दुई उद्योगको काटिएको बिजुली पुनः जोडिदिएको छ। जीबी टेक्स्टाइल र जीबी टेक्स्टाइलले बक्यौताको पहिलो किस्ता तिरेपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ। यी दुवै उद्योग बुटवल वितरण केन्द्रअन्तर्गतका रहेका छन्। 

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली लिएर महशुल नतिरेको भन्दै ताकेता गर्दै आएको थियो। ताकेताको बेवास्ता गर्दै महशुल नतिरेपछि पुनः लाइन नै काटिदिएको थियो। 

दुई उद्योगले क्रमशः ३५ लाख ३७ हजार र १४ लाख १२ हजार रुपैयाँ बक्यौताको पहिलो किस्ता शुक्रबार बुझाएलगत्तै प्राधिकरणले लाइन जोडिदिएको हो। बिहीबार प्राधिकरणले बक्यौता रहेका ३४ उद्योगको बिजुली काटिदिएको थियो।

६ वटा उद्योगले भने हिजै किस्ताबन्दीमा बक्यौता चुक्ता गर्न थालेकाले उनीहरूको लाइन काटिएको थिएन। प्राधिकरणले बक्यौता रकमका आधारमा २८ वटासम्म मासिक किस्ता बुझाउन सक्ने सुविधा उद्योगहरूलाई दिएको छ।

प्रतिक्रिया

सम्बन्धित