यस्ता छन् मन्त्रिपरिषद बैठकका १२ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषदको बिहीबारको बैठकले बबई सिँचाइ आयोजनाको लागि बर्दियाको गुलरिया नगरपालिकामा ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने लगायतका १२ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय गरेको जानकारी दिएका छन् । 

बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने, स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैतनिक वाणिज्यदूत- महावाणिज्यदूतहरूको पदावधि एक अवधि (चार वर्ष) का लागि थप गर्ने, पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिल बमोजिम बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने लगायतका निर्णय गरेको छ । 
हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु

प्रतिक्रिया

सम्बन्धित