काेशी प्रदेश : धनकुटा , ताप्लेजुङ र सङ्खुवासभामा फेरिए सीडीओ

इटहरी । सरकारले काेशी प्रदेशकाे धनकुटा , ताप्लेजुङ र सङ्खुवासभाकाे प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । गृह मन्त्रालयले शुक्रबार काेशी प्रदेशकाे धनकुटा , ताप्लेजुङ र सङ्खुवासभा अन्य प्रदेश अन्तरगत बिभिन्न जिल्लाका जिल्ला अधिकारीहरू फेरेकाे हाे ।  मन्त्रालयले धनकुटामा टुकराज पोखरेल , सङ्खुवासभामा विनादे खड्का र ताप्लेजुङमा नेत्र प्रसाद शर्मालाई पठाएकाे हाे । 

त्यस्तैमन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ । तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका वासुवेद घिमिरेलाई रुपन्देहीको सीडीओमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यस्तै गणेश अर्याल पर्सा, लाल बहादुर कवारी महोत्तरी, शशीधर घिमिरे बारा, तोयानारायण सुवेदी पाल्पा, शिवराम गेलाल दोलखाको सीडीओमा सरुवा भएको छ । 

  पुण्य विक्रम पौडेलको गोरखा, श्याम कृष्ण थापाको तनहुँ, जनार्दन गौतमको गुल्भी, भोला दाहालको सप्तरी, दीर्घराज उपाध्यायको बैतडी, मेख बहादुर मग्रातीको जाजरकोट, नेत्र प्रसाद शर्माको ताप्लेजुङ, विनादे खड्काको संखुवासभा र मोहनराज जोशीको डोटी सरुवा भएको छ । 

प्रतिक्रिया

सम्बन्धित