बलिवुड अभिनेत्री रियालाई राहत लुक आउट सर्कुलर जारी गर्ने रिट खारेज

काठमाडौँ / बलिवुड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध लुक आउट सर्कुलर जारी गर्न दायर गरेको रिट भारतको सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सीबीआई, महाराष्ट्र सरकार र ब्यूरो अफ इमिग्रेसनले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ र आमाबुवा विरुद्ध लुक आउट सर्कुलर जारी गर्न रिट जारी गरेका थिए ।

बम्बे उच्च अदालतले यी चार व्यक्तिहरूविरुद्ध जारी गरिएको लुक आउट सर्कुलर रद्द गरेपछि उच्च अदालतको यो आदेशलाई सर्वोच्चमा चुनौती दिइएको थियो ।

यी सर्कुलरहरू अभिनेता सुशान्त सिंहको मृत्युको प्रकरणमा रिया चक्रवर्ती, उनका भाइ शोभिक, बुबा (पूर्व सेना कर्मचारी) र आमा (सेना स्कूल शिक्षक) विरुद्ध २०२० मा जारी गरिएको थियो । सुशान्त सिंह राजपूतको परिवारले उनको मृत्युको छानबिन गर्न पटनामा एफआईआर दायर गरेको थियो । त्यसपछि यो मुद्दा सीबीआईलाई सुम्पिएको थियो।

लाइभ लको समाचारका अनुसार न्यायमूर्ति बीआर गवई र न्यायमूर्ति केवी विश्वनाथनको इजलासले यो निवेदनमा गम्भीरता नभएको र अभियुक्तहरू 'हाइ प्रोफाइल' पृष्ठभूमिबाट आएकाले मात्र यो दायर गरिएको टिप्पणी गर्दै याचिका खारेज गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित