राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो

काठमाडौं / राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

शुक्रबार महतोले संचालन गर्दै आएको राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

पार्टीको अध्यक्षमा महतो रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालमा १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ भने चुनाव चिह्न माछा मागिएको छ ।

निवेदनमा हाल अध्यक्ष बाहेकका अन्य पदाधिकारी प्रस्ताव गरिएको छैन ।

अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभिायनहरु चलाउँदै आएकोमा अब दल दर्ता गरेर नै अगाडी बढ्ने निष्कर्षमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित