राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै , राष्ट्रिय मुद्दामा केन्द्रित हुने उदघाेष

इटहरी । राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल आज निर्वाचन आयोगमा दर्ता हुँदै छ। निर्वाचन आयोगले पार्टीको नाममा ‘क्रान्ति’ शब्द राख्न नदिएपछि यसको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने निर्णय गरिएको छ।

यो पार्टीको केन्द्रीय कार्यसमिति १८१ सदस्यीय हुनेछ, जसमा हालका लागि महतो अध्यक्ष हुनेछन् भने अन्य सबै सदस्यका रूपमा रहनेछन्। अध्यक्ष महतोले आफ्नो राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट सुरु गरेका थिए र पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर राष्ट्रिय मुक्ति क्रान्ति गठन गरी विभिन्न अभियानहरू सञ्चालन गर्दै आएका थिए।

यसअघि महतोले सद्भावना पार्टी, राजपा, जसपा, र लोसपामा सक्रिय भूमिका खेलेका थिए। अहिले उनी राष्ट्रिय मुक्ति पार्टी नेपालको नेतृत्व गर्दै ‘बहुल राष्ट्र निर्माण’का लागि आन्दोलन गर्ने योजना बनाउँदैछन्। मधेश केन्द्रित आन्दोलनमा लामो समय सक्रिय रहेका महतोले अब राष्ट्रिय मुद्दामा केन्द्रित अभियान थाल्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित