थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा

काठमाडाैं ।  पार्टी कार्यालय बालाजुमा केहीबेरमा पदाधिकारीको अनौपचारिक बैठक बस्नेत कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सहकारी ठगी आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ ।

 दिउँसाे १ बजे हुने विरोध प्रदर्शनको व्यवस्थापन रास्वपा बागमती प्रदेशले गर्ने उनले बताए । उनका अनुसार प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र्यापिड फोर्स खटिनेछ । सरकारले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै त्यसको विरोधमा देशव्यापी रूपमा स्वतःस्फूर्त आन्दोलनको अभियान चलाउने उनले बताए । 

 ‘ओली सरकारले राजनीतिक प्रतिशोधका आधारमा हाम्रा सभापतिलाई पक्राउ गरेको छ । त्यसविरुद्ध पार्टीले स्वतःस्फूर्त रूपमा देशव्यापी आन्दोलनको अभियान चलाउने छौँ’, उनले  भने ।  लामिछानेलाई गत  शुक्रवार प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरामा लगेर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित