झण्डै ३० अर्बको कारोबार भएको सातामा कुन दिन कस्तो रह्यो सेयरबजार?

इटहरी । यो साता शेयर बजारमा पाँचै दिन कारोबार भए पनि सूचकले एक दिनमात्र वृद्धि देखायो। आइतबार र सोमबार नेप्से घटेको थियो भने मंगलबार २५ अंकको सुधार देखायो। बुधबार र बिहीबार पुनः घट्दै सूचकले कमजोर प्रदर्शन गर्‍यो। सूचक घटे पनि साप्ताहिक कारोबारमा लगानीकर्ताले ३० अर्ब नजिकको शेयर किनबेच गरे।

दैनिक कारोबार विवरण

आइतबार: नेप्से सूचक ४७.४४ अंकले घटेर २६९७.९१ मा पुगेको थियो। कारोबार २ करोड कित्ता शेयरको ८ अर्ब रुपैयाँ नजिक पुग्यो। अधिकांश कम्पनीका शेयर मूल्य घटेका थिए भने कुथेली बुखारी हाइड्रोले १०% वृद्धि हासिल गर्‍यो।
सोमबार: नेप्से ६०.०८ अंकले घटेर २६३७.८३ मा झर्‍यो। कारोबार रकम ५ अर्ब ९० करोडमा सीमित भयो।
मंगलबार: लगातार दुई दिनको गिरावटपछि बजारले २५.८८ अंकको सुधार देखायो, कारोबार ४ अर्ब १७ करोडको रह्यो।
बुधबार: बजार फेरि घट्दै २६४५.३९ मा झर्‍यो। कारोबार रकम ६ अर्ब २७ करोड पुगेको थियो।
बिहीबार: साताको अन्तिम दिन ५ अर्ब ४१ करोडको कारोबार भयो। नेप्से १८.२५ अंकले घटेर २६२७.१४ मा बन्द भयो। यस साता लगानीकर्ताहरूको लागि मिश्रित अवस्था रह्यो।

प्रतिक्रिया

सम्बन्धित