स्याङजामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा सवारीचालक पक्राउ

स्याङ्जा । एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले सवारीचालकलाई पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियारलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालत कास्कीमा बिहीबार जबरजस्ती करणी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए । घटना गत वैशाखको हो । गाउँमै जीप चलाउँदै आएका सूर्यले किशोरी डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितको आमाले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीको आधारमा प्रहरीले परियारलाई सोही दिन पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । पीडकको डर धम्कीका कारण न्यायको लागि यत्तिका महिनासम्म प्रहरीमा उजुरी दिन नसकिएको भन्दै पीडितको आमाले प्रहरीलाई बयान दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित