एनपीएलमा पोखराको कन्सल्टेन्ट बने जोन्टी रोड्स

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) टिम पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर जोन्टी रोड्सलाई भित्र्याएको छ ।

पोखराले जोन्टीलाई कन्सल्टेन्टको भूमिकामा भित्र्याएको जानकारी दिएको हो । एनपीएलमा अहिलेसम्म जोडिएका विदेशी खेलाडी र पुर्व खेलाडी मध्ये रोड्स सबैभन्दा हाइप्रोफाइल व्यक्ति हुन् ।

पोखरा एभेन्जर्सले यसअघि वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई भित्र्याएको छ ।

पोखराको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका कुशल भुर्तेल रहेका छन् ।

    

प्रतिक्रिया

सम्बन्धित