विश्वकप लिग-२ को सिरिज आजदेखि, पहिलो खेलमा अमेरिका र स्कटल्याण्ड भिड्दै

काठमाडौँ  / आईसिसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु हुदै छ ।

नेपालसहित अमेरिका र स्कटल्याण्ड सहभागी यस सिरिजको पहिलो खेल आज अमेरिका र स्कटल्याण्डबीच हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । यो सिरिज एकदिवसीय फर्म्याटमा हुने खेलमा हुदै छ ।

त्यस्तै नेपालको खेल भने आइतबार राति अमेरिका हुने छ भने दोस्रो खेल स्कटल्याण्डसँग बिहीबार खेल्ने छ भने नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ फेरि स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।

तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ । लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ । जबकी एक खेल अनिर्णित हुदा अंक बाँडेको थियो ।

अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानडा शिर्ष स्थानमा छ भने अमेरिका ८ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डस ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै चौथो स्थानमा छ ।

त्यस्तै स्कटल्याण्ड ७ खेलमा ९ अंक हासिल गर्दै पाँचौं, ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौं र नेपाल ८ खेलमा ३ अंक हासिल गर्दै सातौं स्थानमा छ । त्यस्तै युएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित