रविको म्याद थपपछि कार्यकर्ताले तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताहरू थप आक्रोशित बनेका छन् । म्याद थपको आदेशपछि थप आक्रोशित रास्वपा नेता–कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन् ।

बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका कार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका हुन् । वाई चोकमा धर्ना दिइरहेका  उनीहरू अदालतको निर्णयपछि निषेधित क्षेत्र तोडेर राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका हुन् ।

त्यस क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको छ । अहिले रास्वपा कार्यकर्ताहरू पोखराको सडकमा नारा लगाइरहेका छन् भने सूर्यदर्शन सहकारी पीडितहरू पनि रविलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित