एक सातासम्म निरन्तर बढेको सुनको मूल्यमा आज सामान्य गिरावट, चाँदी पनि सस्तियो

इटहरी । एक सातासम्म निरन्तर बढेर दिनहुँ उच्च मूल्यको रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा आज गिरावट आएको छ। यसअघिका सात दिनसम्म निरन्तर बढेर दिनहुँ उच्च मूल्यको नयाँ नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा आज प्रतितोला सातसय रुपैयाँ गिरावट आएको हो।

सुनको मूल्य आज एक लाख ६६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६६ हजार सातसय रुपैयाँ थियो। अघिल्लो साताको बुधबारदेखि निरन्तर बढ्दै आएको सुनचाँदीको मूल्य आज केही घटेको हो। 

चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ।  हिजो तोलामा ३५ रुपैयाँ बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य दुई हजार ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी दुई हजार एकसय ३५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित