च्याम्पियन्स लिगमा लिभरपुलको लगातार तेस्रो जित

काठमाडौँ । लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले जर्मनी क्लब आरबी लेइपजिंगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा खेलको २७औं मिनेटमा डर्विन नुनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो जितपछि लिभरपुलको ३ खेलमा ९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आरबी लेइपजिंगले भने अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित