चितवनका प्रमुख जिल्ला अधिकारीसहित तीन सहसचिवको सरुवा

काठमाडौँ । चितवनका प्रमुख जिल्ला अधिकारी (सीडिओ) सहित तीन सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा तान्दै त्यहाँको सीडिओमा सहसचिव प्रकाश पौडेललाई पठाएको छ ।

त्यस्तै गृह मन्त्रालयमा रहेका गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा  पठाइएको छ ।अध्यागमनका तत्कालीन महानिर्देशक कोशहरि निरौलाको केही दिन अगाडि सरुवा भएसँगै सो पद रिक्त थियो ।
मन्त्रालयमा दर्जन बढी सहसचिवहरू बरण्डामा रहे पनि अझै व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

कतिपय जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीहरू पनि परिवर्तन  गर्नुपर्ने भए पनि निर्णय लिन नसक्दा सहसचिवहरू जिम्मेवारविहीन भएका छन् । यसरी अतिरिक्तमा रहेका सहसचिवहरूलाई आज साँझसम्ममा थप व्यवस्थापन गरिने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित