कलंकीको गेष्ट हाउसमा युवती मृत फेला

काठमाडौँ । काठमाडौँको कलङ्कीस्थित गण्डकी गेष्ट हाउसमा एक युवती मृत भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–२१ जैसीदेवल घर भएकी २९ वर्षीया कञ्चन गौतम गेष्ट हाउसको कोठा नम्बर–२०३ मा मृत फेला परेकी हुन् ।मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानबाट औषधीको ओभरडोजबाट मृत्यु भएको देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । असोज ५ गते साँझ उनी सो गेष्ट हाउसमा बस्न गएकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित