प्रियंका गान्धीको वायनाड लोकसभाको उपचुनावमा उम्मेदवारी दर्ता

काठमाडौँ / भारतीय नेशनल कांग्रेसकी नेतृ प्रियंका गान्धीले केरलाको वायनाड लोकसभा सीटको उपचुनावका लागि उम्मेदवारी दर्ता गरेकी छिन् ।

यस वर्ष भएको लोकसभा चुनावमा प्रियंकाका भाइ सांसद राहुल गान्धीले वायनाड सीट जितेका थिए। राहुल गान्धीले जितेको रायबरेली सिट रोजेपछि वायनाड सिट खाली भएको थियो ।

वायनाड सीटको लागि नोभेम्बर १३ मा मतदान हुनेछ र मतगणना नोभेम्बर २३ मा हुनेछ।

प्रियंका गान्धीको मनोनयनका लागि सोनिया गान्धी, राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे र अमेठीका सांसद केएल शर्मालगायत ठूला नेताहरु वायनाड पुगेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित