इटहरीमा वडाध्यक्ष दिवस पोख्रेलको सकृियता : एकता टोल र जुट विकाशमा जडान गरियो हलाेजन लाइट , सिसी टिभी जडानको काम अन्तिम चरणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ६ स्थित एकता टोल र जुट विकास टोलमा १४ फिट अग्लो टावर निर्माण गरी हेलो जन लाइट जडान गरिएको छ । वडाका वडाध्यक्ष दिवस पोख्रेलको सकृियतामा सो काम  सम्पन्न भएको हो  । सो स्थानहरूमा १४ फिट अग्लो टावर निर्माण भई लाइट जडान गरिएको छ भने  सिसी टिभी जडानको काम अन्तिम चरणमा पुगेको छ । 

चाडपर्वको समयमा चोरीका घटनाहरू न्यूनीकरण गर्न तथा अपराधिक गतिविधिहरूका निगरानी साथै त्यस क्षेत्रको शान्ति सुरक्षामा टेवा पुर्‍याउन सिसी टिभी जडान गर्न लागिएको इटहरी वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेल बताउँछन् ।  दुवै परियोजनामा सात-सात लाख रुपैयाँको लगानी भएको वडाध्यक्ष पोख्रेल बताउँछन् ।   

वडाध्यक्ष पोख्रेलले आफ्नो कार्यकालमा विभिन्न विकास योजनाहरूलाई प्राथमिकता दिँदै सक्रिय रूपमा कार्यान्वयन गर्दै आएका छन्। स्थानीय क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै उनले उज्यालो र निगरानी व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले यो काम गरिएको वडाध्यक्ष पोख्रेल बताउँछन् ।

उनले यस अघि पनि आफ्नै सकृियतामा इटहरीको मुख्य चौकमा ट्राफिक लाइट जडानमा मुख्य भूमिका निभाएका थिए । त्यस्तै आधुनिक सहरको परिकल्पना सहित नगरलाई डिजिटल प्रविधि सँग जोडन उनले वडाको घर घरमा  गुगलको प्लस कोड अनुसार डिजिटल नम्बर प्लेट वितरण गरेका थिए । त्यस्तै वडामा रहेका शिक्षा , स्वास्थ्य , लगायतको क्षेत्रमा पनि उनले निकै सह्रानीय काम गरिसकेका छन् । खेलकुद विकासका लागि वडा एवम् नगरबाट खेलाडी प्रोत्साहन कार्यक्रम ल्याएका छन् । पोख्रेलले आफ्नो वडामा जनसुरक्षा र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको भन्दै नगरवासीले पनि प्रशंसा गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित