जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी सल्यान बागचौर नगरपालिका-२ बागचौर घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-८ पाँगा बस्ने ३५ वर्षीय रामचन्द्र केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत सुर्खेतको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-८ पाँगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित