खेतमा परालले छोपिराखेको अवैध सालको गोलिया काठ बरामद

रौतहट । रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसहिया र सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा प्रहरी चौकीको संयुक्त टोलीले खेतमा परालले छोपेर राखेको सालको गोलिया काठ बरामद गरेको छ। सूचनाको आधारमा डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत एवं सेक्टर वनका प्रमुख राजेश कुमार साहको कमान्डमा खटिएको संयुक्त टोलीले कटहरिया नगरपालिका २ जमुनिया गाउँ छेउमा रामजनम दासको खेतमा परालले छोपिरहेको अवस्थामा ४ वटा सालको गोलिया काठ बरामद गरेको हो।

करिब १६ क्युफिट बरामद काठ आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय जन्गलसहिया लागिएको तथा काठबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। हिन्दुहरूको पर्व तिहारको अवसरमा वन कर्मचारी तथा वन सुरक्षाकर्मी घर बिदामा गएको मौका छोपेर तस्करहरूले निर्बाध रूपमा काठको चोरी निकासी गर्ने गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित