इङल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) मा इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज लुम्बिनी लाइन्सबाट खेल्ने भएका छन्।

२८ बर्षिय विकेट किपर ब्याट्सम्यान मुरेजलाई लुम्बिनीले भित्र्याएको जानकारी दिएको ।

लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहित पौडेल रहेका छन् ।

एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । यस अघि पोखराले वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

त्यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको थियो ।

एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित