पाेखराका सहकारीपीडितहरू भन्छन : रास्वपाका नेता-कार्यकर्ताले घर घर पुगेर धम्क्याए

कास्की । कास्कीका सूर्यदर्शनसहितका सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ताहरूले घरघरर पुगेर आफूहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको आरोप लगाएका छन्।सूर्यदर्शन सहकारीपीडित संघर्ष तथा तदर्थ समिति र सहकारीपीडित संघ कास्कीले बुधबार प्रेस विज्ञप्ति जारी गरी रास्वपा नेता तथा कार्यकर्तालाई उक्त आरोप लगाएका हुन्। 

पीडितहरूले रास्वपासँग १० महिनाअघि नै पार्टी सभापति रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्दा के हेरेर बसेका थियौ भन्ने प्रश्न पनि गरेका छन्। अहिले पोखराका चोकचोकमा गरिएका आन्दोलन सहकारीपीडितविरुद्ध भएको जिकिर पनि विज्ञप्तिमा गरिएको छ। पीडितहरूले आफ्ना पक्षमा उभिन र बिहीबार पोखराको मुस्ताङचोकमा आयोजना हुने विरोध र्‍यालीमा सहभागी हुन नागरिक समाज र राजनीतिक पार्टीसँग अनुरोध पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित