७ दिनदेखि निरन्तर बढिरहेको सुनले आज फेरि बनायो सर्वाधिक महँगो मूल्यको रेकर्ड

इटहरी । आज फेरि सुनचाँदीकै मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। विगत सात दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो। गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मंगलबारको मूल्यमा थप आठसय रुपैयाँ बढेर आज सुनको भाउ एक लाख ६६ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६५ हजार नौ सय रुपैयाँ थियो।

चाँदी पनि आज तोलाको ३५ रुपैयाँ बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको छ। आज चाँदीको मूल्य दुई हजार एकसय ३५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य २ हजार  एकसय रुपैयाँ थियो।असोज अन्तिम सातादेखि बढ्न थालेको सुनचाँदीको मूल्यले कात्तिक लागेपछि पनि निरन्तर नयाँ(नयाँ कीर्तिमान बनाइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित