एक दिवसीय अभ्यास खेल : नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ‘ए’ टिमसँगको अभ्यास खेलमा पराजित भएको छ ।गए राति सम्पन्न अभ्यास खेलमा अमेरिका ‘ए’ ले नेपाललाई ४ विकेटले पराजित गरेको हो । पहिला ब्याटिंग गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो ।

जवाफमा अमेरिका ‘ए’ ले ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्दै ४ विकेटले खेल जितेको थियो । यस अभ्यास खेलमा लिग–२ को खेल अघि अमेरिका ‘ए’, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन् । आज अभ्यास खेल अन्तर्गत अमेरिका ‘ए’ र स्कटल्याण्ड खेल्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित