संखुवासभामा बसपार्क खाली राखेर राजमार्गमै सवारी पार्किङ

संखुवासभा । संखुवासभाको सरदमुकाम खाँदबारीमा मुख्य सडकमै सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।उत्तर दक्षिण कोशी राजमार्गको मुख्य सडकमै सवारी साधन पार्किङ गरिदाँ दुर्घटनाको जोखिम बढेको हो ।मुख्य सडकमै सवारी साधन जताततै रोक्दा सर्वसाधरण स्थानीयवासी, बिद्यार्थीलाई आवतजावत गर्न निकै कठिनाइ भएको छ । दैनिक हजार यात्रु ओहोर दोहोर गर्ने कोशी राजमार्गमै पार्किङ र अस्थायी टहराका कारण दुर्घटनाको जोखिम देखिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

सडकमै दोहोरो पार्किङ हुदाँ दुर्घटनाको जोखिम बढेको स्थानीय जिवनाथ खनालले बताए । साँघुरो सडक र सडक आसपास बनेको घर टहराले थप समस्या भएकोले अन्यत्र पार्किङको प्रबन्ध गर्न दिएको सुझावको सुनुवाइ नभएको खनालले बताए । करोडौं खर्च गरेर निर्माण गरेको बस पार्क सञ्चालनमा आएको छैन । व्यवसायीहरुले बसपार्क प्रयोग नगरी सडकमै सवारी पार्किङ गर्ने गरेको उनको भनाइ थियो ।

नियामक निकाय खाँदबारी नगरपालिका र सडक डिभिजन कार्यालयले ध्यान नदिदाँ सडक यात्रुलाई समस्या भएको हो । करोडौं खर्च गरेर निर्माण गरेको बसपार्क सञ्चालनमा नभएपछि सडकमै पार्किङ हुन गरेको छ । सदरमुकाम खाँदबारीमा दैनिक सयौं सवारी साधन आवत जावत गर्ने गरेका छन् ।खाँदबारीबाट काठमाण्डौं, विराटनगर, इटहरी धरान आदि ठाउँम दैनिक सयौं सवारी साधन आवतजावत गर्ने गर्दछन् । ती सवारी साधन पार्कमा नराखेर सडकमै राख्ने बेथिति देखिएको छ ।

यसैगरी सदरमुकाम खाँदबारीमा बसपार्कमा सार्वजनिक शौचालय नहुदाँ यात्रुले अझै सास्ती पाउने गरेका छन् । जिल्लालाई पाँच वर्षअघि नै खुला दिशामुक्त क्षेत्र घोषणा गरे पनि अहिलेसम्म मुख्य बजार र बसपार्कमा सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन । तामझामका साथ खुला दिशामुक्त क्षेत्र घोषणा गरे पनि अहिलेसम्म मुख्य बजारमै सार्वजनिक शौचालय नहँुदा आसपासको क्षेत्र दुर्गन्धित बनेको छ भने सर्वसाधारणलाई आपतकालीन सौच गर्नका लागि पनि समस्या छ ।सार्वजनिक सरोकारको विषयमा स्थानीय सरकार लगायत सरोकारवाला निकायले ध्यान नदिएको गुनासो स्थानीयले गरिरहे पनि जनप्रतिनिधिहरुले त्यसतर्फ ध्यान नदिएको खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित