सुनचाँदीकै मूल्यले आज पनि कायम गर्‍यो नयाँ कीर्तिमान

दुवै धातु बने अहिलेसम्मकै सर्वाधिक महँगो

इटहरी । सुनचाँदीकै मूल्यले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ। विगत ६ दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीकाे मूल्यले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो। गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। सोमबारको मूल्यमा थप तीनसय रुपैयाँ बढेर आज सुनको भाउ एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको छ। 

चाँदी पनि आज तोलाको पाँच रुपैयाँ बढेर २ हजार  एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो प्रतितोला ६ सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६५ हजार ६ सय पुगेको थियो। त्यसैगरी तोलामा पाँच रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको दुई हजार एक सय रुपैयाँ पुगेको छ। हिजो २० रुपैयाँ बढेर चाँदीको मूल्य दुई हजार ९५ रुपैयाँ कायम भएको थियो। असोज अन्तिमसातादेखि बढ्न थालेको सुनको मूल्यले कात्तिक लागेपछि पनि निरन्तर नयाँ-नयाँ कीर्तिमान बनाइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित