माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी

काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो हाफमा माल्दिभ्सविरुद्ध ४-० को अग्रता लिएको छ । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सबिता राना मगर र प्रिती राईले एक एक गोल गरेका थिए ।

समुह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका बीच खेलिरहेको छ ।
  

प्रतिक्रिया

सम्बन्धित