चेल्सीमाथि लिभरपुलको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह र कार्टिस जोन्सले एक एक गोल गरेका थिए भने चेल्सीका लागि एक गोल निकोलस ज्याक्स्सनले गरेका थिए ।

यो जितपछि लिभरपुलको ८ खेलमा २१ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यसैगरी चेल्सीको भने ८ खेलमा १४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित