याे वर्ष पनि सयपत्री फूलको उत्पादन घट्यो, तिहारका लागि भारतबाट १५ लाख माला आयात गरिने

इटहरी ।  तिहार नजिकिएसँगै बजारमा फूलमालाको माग बढ्न थालेको छ। दसैं सकिएपछि किसान र व्यापारीहरू फूलमालाको तयारीमा जुट्ने परम्परा रहे पनि यस वर्ष फूलको उत्पादन घटेसँगै माला भारतबाट आयात गर्नुपर्ने भएको छ। यसपालि तिहारका लागि १५ लाख सयपत्री फूलका माला भारतबाट ल्याउने तयारी भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।

फ्लोरिकल्चर एसोसिएसनका कार्यालय प्रमुख जंगबहादुर तामाङका अनुसार, किसानहरू फूलखेतीतर्फ हतोत्साहित भइरहेकाले आयातको मात्रा बढाउनुपर्ने भएको हो। यसपालि तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको करिब ४० लाख मालाको माग हुने अनुमान गरिएको छ। गत वर्ष यो माग ३५ लाख रहेको थियो, र आन्तरिक उत्पादनले ३० लाख माला आपूर्ति गरेको थियो।

यस वर्ष भने आन्तरिक उत्पादनले केवल २५ लाख हाराहारी माला मात्र आपूर्ति गर्ने अनुमान छ। गत वर्ष राम्रो उत्पादन हुँदा पनि भारतबाट ३० लाख माला आयात गरिएको थियो, जसले फूलको मूल्य घटाएको थियो। भारतीय फूल गुणस्तरीय र सस्तो हुने भएकाले व्यवसायीहरू आयातलाई प्राथमिकता दिने गरेका छन्, जसले गर्दा नेपाली किसानहरू फूलखेती गर्न हच्किन थालेका छन्।

तामाङका अनुसार, यस वर्ष असोजको दोस्रो सातामा आएको बाढीपहिरोले फूल खेतीमा ठूलो क्षति पु¥याएकोले पनि आयातको मात्रा बढाउनुपर्ने भएको हो। यसपालि तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको करिब ३५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ, जुन गत वर्षको २७ करोड रुपैयाँको तुलनामा धेरै हो।

प्रतिक्रिया

सम्बन्धित