रास्वपाको आन्दोलनले सेयर बजारमा असर पर्ला कि नपर्ला ?

इटहरी । सहकारी ठगी प्रकरणमा आफ्ना सभापति पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू अहिले सडक संघर्षमा छन्। पार्टी सभापति रवि लामिछानेले पक्राउ पर्नुअघि नै सरकारको "दिनगन्ती सुरु भएको" टिप्पणी गरेका थिए। यसैबीच, नेपाली कांग्रेसको एउटा गुटले सरकारको गठबन्धनको विरोध गर्दै आएको छ, भने एमालेका नेताहरूले सरकारको आयु र स्थिरतामाथि विभिन्न टिप्पणी गरिरहेका छन्। यसले कतै सरकार ढल्ने त होइन? भन्ने चर्चा सुरु गरेको छ। यो बहससँगै सेयर बजारको भविष्य कता जान्छ भन्ने प्रश्न पनि उठ्न थालेको छ।

 त्यसैगरी, सेयर बजारका जानकार सुवास चन्द्र भट्टराईले पनि बजारमा हालको लय सकारात्मक रहेको र पछिल्ला घटनाहरूले अलिकति असर गरे पनि बजार उकालो लाग्ने बताउँछन्। "राजनीतिले सेयर बजारमा केहि प्रभाव पार्छ, तर दीर्घकालमा बजार माथि नै जानेछ," भट्टराईले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि तिहारपछि नयाँ राजनीतिक समीकरण बन्ने संकेत दिएका छन्, जसले बजारमा थप चर्चा सिर्जना गरेको छ। यद्यपि, एमाले र कांग्रेस नेताहरूले सरकार लामो समय टिक्ने र अहिले तत्काल गिरावट आउने सम्भावना नरहेको स्पष्ट पार्दै ढुक्क रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित