सुनले आज फेरि कायम गर्‍यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड

चाँदीको मूल्यमा पनि ‘रेकड ब्रेक’

इटहरी । सुनको मूल्यले दिनहुँ महँगो मूल्यको नयाँ-नयाँ कीर्तिमान कायम गरिरहेको छ। बुधबार, बिहीबार र शुक्रबार तीन दिनसम्म लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। 

शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको महासंघले जनाएको छ। शुक्रबार सुन तोलको एक लाख ६४ हजार चारसय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य पनि आज अत्यधिक बढेको छ। तोलामा एकैदिन ९५ रुपैयाँ बढेर चाँदी आज दुई हजार ७५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य तोलाको एक हजार नौसय ८० रुपैयाँ थियो।

प्रतिक्रिया

सम्बन्धित