आम आदमी पार्टीका नेता सत्येन्द्र जैन जमानतमा रिहा

काठमाडौँ । भारतको आम आदमी पार्टी (आप) का नेता र दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ ।

अदालतको आदेशपछि जैन शुक्रबार रातिनै तिहाड जेलबाट रिहा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा ८१७ दिनदेखि जेलमा थिए । उनलाई ३० मे २०२२ मा पक्राउ गरिएको थियो ।

दिल्लीका मुख्यमन्त्री आतिशी, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया र राज्यमन्त्री सञ्जय सिंह र अन्य आप कार्यकर्ताहरूले जेलबाहिर सत्येन्द्रलाई स्वागत गरेका थिए ।

रिहा भएपछि सत्येन्द्रले भने- अरविन्द केजरीवालले पहिले नै भनेका थिए कि यो आगोको खोला हो, यसमा तर्नु पर्छ, जेल पक्कै जानुपर्छ, याद राख । अतिशी जी हार्वर्डबाट पढेर आएका हुन् । उनीहरुलाई जेल पनि जानु पर्ने हुनसक्छ ।' उनले अगाडी भने, 'अरविन्द केजरीवाल जनताको लागि काम गर्छन् र केन्द्र सरकारले दुई जनाका लागि मात्र काम गर्छ ।' 

योसँगै जेल गएका आम आदमी पार्टीका जैनसहितका चार शिर्ष नेताहरु अरविन्द केजरिवाल, मनिष सिसोदिया र संजय सिंह जमानतमा रिहा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित