मोरङका प्रहरी प्रमुख एसपी कार्की किन तानीए हेडक्वार्टर

इटहरी । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो ।

उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

सरुवाको कारण जानकारी नभए पनि एसपी कार्कीको हेडक्वाटरमा सरुवा भएको डीआइजी कार्कीले जानकारी दिए । उनको जिम्मेवारी खोस्दै उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित