टिकटकमा भाइरल बन्दै कृष्ण के.सी. को 'भीरकाे बाटो' (भीडीयाे)

इटहरी । नेपाली गीत संगीतका सबै विधामा निपुण कलाकार कृष्ण के.सी.को सुमधुर स्वरमा सजिएको नयाँ गीत "भीरकाे बाटो" सार्वजनिक भएको छ। नेपाली लोकदोहोरी गीतमा संगीत संयोजनका लागि चर्चित के.सी.को यसपटकको गीत भने उनको आफ्नै स्वरमा रहेको छ। लोकसंगीतलाई आफ्नो मुख्य कर्म बनाएका के.सी. फ्युजन संगीत संयोजनमा पनि प्रख्यात छन्, जहाँ फिल्मी सुगन्धको मिठास पाइन्छ।

ऊर्जावान व्यक्तित्व भएका के.सी. बेला बेलामा मोडलको भूमिकामा पनि देखिन्छन्। सबै प्रकारका बाजा बजाउन सक्षम भएकाले उनी आफ्नो संगीतमा कहिल्यै सम्झौता गर्न चाहँदैनन् र सधैं गुणस्तरीय संगीत प्रस्तुत गर्न प्रतिबद्ध रहन्छन्। उनले एरेन्ज गरेका गीतहरू रेकर्ड भएपछि फाइनल हुनुअघि एकपटक स्टुडियोमा पुगेर सुन्ने, नपुग्दा आफैं सुनेर मात्र बजारमा पठाउने गर्थे।

"एउटै बाटो" गीतमा कृष्ण के.सी.को स्वर र संगीत संयोजन, लेकराज गिरीको शब्द र लय, श्याम श्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ, तथा गोबिन्द अनेक र कमल थापाको रेकर्डिङ समावेश छ। यो गीतको अडियो पृज्म रेकर्डिङ स्टुडियोमा उत्पादन गरिएको हो। भिडियोमा गोबिन्द आचार्य र यशु भट्टराईको अभिनय रहेको छ भने निर्देशन कुमार के.सी.ले गरेका छन्।

दशैंको शुभ अवसरमा सार्वजनिक गरिएको यो गीत गोबिन्द आचार्य युट्युब च्यानलमार्फत डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ। मुस्ताङका विभिन्न सुन्दर लोकेशनमा छायांकन गरिएको यो गीतले वर्तमान नेपाली जीवनको यथार्थ पाटोलाई चित्रण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित