डिएसपी धर्मराज भण्डारी देशकै सर्वोत्कृष्ट प्रहरी

काठमाण्डौ / जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका इलाका प्रहरी कार्यालय  कोहलपुर बाँकेका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालय मध्ये सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

 प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोउत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख धर्मराज भण्डारीलाई यसवर्षको सर्वोत्कृष्ट प्रहरी घोषित  गरेको छ ।

   आज प्रहरी प्रधान कार्यालयमा भएको एक भब्य कार्यक्रमका बीच अभिलेखमा जनिनेगरि सर्वोत्कृष्ट प्रहरी घोषित सहित पुरस्कृत गरेको हो । भण्डारीलाई प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक ( आइजिपी ) बसन्तबहादुर कुँबरले सम्मान गरेका हुन ।

 अनुसन्धानमा डिएसपी भण्डारी अब्बल मानिन्छन ।‘मूल्यांकनमा कार्यालयको साजसज्जादेखि सरसफाइ, अपराध अनुसन्धान, मुद्दा फर्स्योटलगायत कार्यविवरणको रेकर्ड राख्ने सिस्टमसहित सबै पक्षको व्यवस्थापनको अवस्था हेरिन्छ,’ यी सबै बिषयमा डिएसपी भण्डारी सर्वोउकृत्ट घोषित भएका हुन ।

प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पनि सोही प्रयोजनका लागि अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरिएको थियो ।

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको कारणले सवोत्कृष्ट प्रहरी घोषित गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित