लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते

लमजुङ । लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार बिहान ११ :३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।

टाउकोमा गम्भीर चोट लागेका ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि  डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित