दशैंको मुखमा १९ लाखको ‘बिटो’ सहित समातिए सुरेश र सावित्री

काठमाडौं । प्रहरीले ठूलाे परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । १९ लाख नगदसहित एक महिना र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१४ कलंकीबाट दुई जनालाई आज (आइतबार) पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा दोलखा बिगु गाउँपालिका–४ घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं–२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली छन् । एसपी अधिकारीका अनुसार शंकास्पद कारोबार भइरहेको खबरपछि परिसरबाट टोली खटिएको थियो । उनीहरूमाथि थप अनुसन्धान गर्ने प्रहरीले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित